जोडिनुहोस
  • होमपेज
  • रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा

रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रय स्वतन्त्र पार्टीले पोखरामा थालेको आन्दोलन अब काठमाडौंकेन्द्रित गर्ने भएको छ । पोखरामा सहकारी पीडितहरू प्रदर्शनमा उत्रिनुका साथै स्थानीयको समर्थन नमिलेपछि रास्वपाले आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्ने भएको हो । पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समार्फत् रास्वपाको आन्दोलन काठमाडौंकेन्द्रित हुने जानकारी दिएका छन् । उनले आन्दोलन अन्तर्गत शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिने बताएका छन् ।

‘दुईतिहाइ सरकारको दम्भ र राजनीतिक प्रतिशोधविरुद्धको शान्त, सौम्य ऐक्यबद्धताका लागि भोलि (शुक्रबार) दिउँसो १ बजे माइतीघर मण्डल, काठमाडौं,’ बोहराले आन्दोलनका लागि आह्वानसहित एक्समा लेखेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका