काठमाडौं– आईपीएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई बेच्ने भएको छ ।
२०२२ देखि आईपीएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए ।
आईपीएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउँदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ । लखनउको पाँच खेलाडीलाई रिटेन गर्दा करिब ५१ करोड घट्ने भएको छ । आईपीएलको महाअक्सनमा हरेक टिमलाई १२० करोडको पर्स दिइएको छ । -न्युजकारखानाबाट साभार