राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
मेषः धनस्थानका वृहस्पति बक्र भएकाले आफ्नो हातले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। बिहान शिवजीको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दिन खराब भएकाले यात्रामा सचेत बन्नुपर्नेछ।
वृषः दिन सामान्य छ। आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। राज्यका अंगमा भए तपाईंको बढुवा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग छ। परिवारमा भने कर्तव्य मात्र पुरा गर्नुपर्नेछ।
मिथुनः धनको लेखाजोखा गर्दा आम्दानी भन्दा खर्च बढी हुनेछ। आफूभन्दा सक्रिय रहेका प्रतिस्पर्धीलाई सानो नसोच्नु राम्रो हुनेछ। आफन्त तपाईंविरुद्ध सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।
कर्कटः दिन राम्रो छ। पञ्चम भावमा शुभग्रह भएकाले तपाईंको बोलीले ठुलो काम बन्नेछ। परोपकारमा सहभागी भएमा राम्रो हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा सहज बन्ने योग छ। धार्मिक यात्रा हुनेछ।
सिंहः दिन राम्रो छ। दाजुभाइको सहयोगले ठुलो काम बन्नेछ। राजनीतिक संगठन तपाईंको पक्षमा भएकाले ठुलो काम गर्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्याः आज अरुले कुरा काट्ने भएकाले तपाईं शान्त बन्नुपर्नेछ। मनमा आउने खटपटी शान्त पार्न गणेशको चिन्तन र सम्झना गर्नु राम्रो हुनेछ। परिवारले तपाईंलाई सही सल्लाह दिनेछन्।
तुलाः धन आर्जन गर्ने दिन हो। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पठनपाठनलाई अल्छीपनले दुःख दिनेछ। निशुल्क सेवा गर्ने अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिकः दिन सहज छ। मनमा हुने झन्झट हटाउने प्रयास गर्नुपर्नेछ। साना कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्राविधिक क्षेत्रमा सफलता मिल्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनुः दिन सामान्य छ। सोचेको काम नबन्ने जोखिम छ। महत्वकांक्षी योजना अगाडि नबढाउनु राम्रो हुनेछ। राजनीतिक संगठनले तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी दिएकाले सदुपयोग गर्न सिक्नु राम्रो हुनेछ।
मकरः धनस्थानमा शनिदेव रहेकाले ठुलो खर्च नगर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। दाजुभाइले राम्रो साथ दिनेछन्। स्वदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।
कुम्भः शुभग्रह भाग्यको स्थानमा छन्। तपाईंले सोचेका सबै काम नबन्ने जोखिम छ। सानासाना केही काम भने सफल हुनेछन्। एकल निर्णय घातक हुनेछ। विदेशी रमझमले मन तान्नेछ। परिवारले साथ र सहयोग गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीनः दिन मध्यम छ। शिक्षा र स्वास्थ्यको क्षेत्र सहज बन्नेछ। आर्थिक र राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। आफन्तबाट असहयोग हुने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।