काठमाडौं। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्।
एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको बताए।
उनका अनुसार संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्। यसैगरी प्रदेशमा तीन तीन जना जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई दुई जना रहने गरी संयन्त्र बनाइने गौतमको भनाई छ।