जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • यूएफा च्याम्पियन्स लिगः बार्सिलोनाको लगातार तेस्रो जित

यूएफा च्याम्पियन्स लिगः बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं। रोबर्ट लेवान्डोस्कीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं दुई गोल गरेपछि बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई पराजित गर्दै यूएफा च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

स्पेनिस क्लब बार्सिलोनाले सर्वियन टोली रेड स्टार बेलग्रेडलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । ला लिगामा अपराजित रहदै शीर्ष स्थानमा कब्जा जमाएको बार्सिलोनाले हारसहित च्याम्पियन्स लिगको सुरुवात गरे पनि त्यसपछि लगातार ३ खेलमा जित हात पारेको छ ।

च्याम्पियन्स लिगमा गोलको शताब्दी पूरा गर्न १ गोल आवश्यकता पर्दा यस प्रतिस्पर्धामा लेवान्डोस्कीले ९९ गोल पूरा गरेका छन् । थप एक गोल गर्न सके उनी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि च्याम्पियन्स लिगमा १ सय गोल गर्ने तेस्रो खेलाडी बन्नेछन् । रेड स्टार स्टेडियमा इनिगो मार्टिनेजले १३औं मिनेटमा हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले राफिन्हाको पासमा गोल गरेका हुन् । २७ औं मिनेटमा सिलास काटोम्पा एमबुम्पाले गोल गरेपछि बेलग्रेडले खेलमा पुनरागमनको संकेत गरेको थियो । ४३ औं मिनेटमा लेवान्डोस्कीलले गोल गरेपछि बार्साले खेलमा पुन अग्रता बनायो । ५३ औं मिनेटमा जुलेस काउन्डेको सहयोगमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । लेवान्डोस्कीका लागि जारी सिजन १६ खेलमा १९ गोल औं गोल थियो ।

त्यसको २ मिनेटपछि राफिन्हाले बार्सिलोनाका लागि चौंथो गोल गरे । ७६ औं मिनेटमा फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले ५–१ ले अग्रता लियो ८४ औं मिनेटमा वैकल्पिक खेलाडी मिल्सनले घरेलु टोलीका लागि सान्त्वना गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन । फराकिलो जितसँगै हान्सी फलिकको टोलीले ४ खेलमा ३ जितसहित १२ अंक जोडेको छ । ऊ तालिकाको छैठौं स्थानमा छ । समान खेलमा अंकविहीन रेड स्टार बेलग्रेड ३५ औं स्थानमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका