जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • ’स्वीङ स्टेट’मा ट्रम्पको क्लिन स्वीप

अन्तर्राष्ट्रिय

’स्वीङ स्टेट’मा ट्रम्पको क्लिन स्वीप

  • Sagarmatha TV
  • आइतवार, कार्तिक २५, २०८१
’स्वीङ स्टेट’मा ट्रम्पको क्लिन स्वीप

काठमाडौं। अमेरिकाको नवनिर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पले ’स्वीङ स्टेट’का रूपमा रहेको एरिजोनामा पनि जीत हासिल गरेका छन् । योसँगै ट्रम्ले अमेरिकी राष्ट्रपती चुनावमा जीत हासिल गर्न महत्त्वपूर्ण मानिएका सात वटै ’स्वीङ स्टेट’मा जीत हासिल गर्दै स्वीङ क्लिन स्वीप गर्नुभएको बीबीसीले जनाएको छ ।

योसँगै ट्रम्पको पक्षमा तीन सय १२ इलेक्टोरल मत भएको छ । उहाँकी प्रतिस्पर्धी एवम् वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको दुई सय २६ मत भएको छ । अमेरिकी राष्ट्रपती चुनाव जित्न दुई सय ७० मत भए पुग्छ । यस्तै माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सदस्य जितेको छ ।

माथिल्ल्लो सदनमा बहुमतका लागि ५० सीट चाहिन्छ । अझै पनि एरिजोना र पेन्सिल्भेनिया राज्यहरूबाट परिणाम आउन बाँकी छ । तल्लो सदनमा रहेका चार सय ३५ मध्ये ट्रम्पको पार्टी रिपव्लिकनले दुई सय १५ सीट आफ्नो पक्षमा पारेको छ । अझै पनि १९ ठाउँको परिणाम आउन बाँकी छ । तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सीट चाहिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका