जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको उम्मेदवार घोषणा

माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको उम्मेदवार घोषणा

काठमाडौं। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले उम्मेदवार घोषणा गरेको छ । मेयर र दुई वडाध्यक्ष पदको लागि चुनाव हुन लागेको कीर्तिपुरमा माओवादीले मेयर पदमा प्राध्यापक डा. शिवशरण महर्जनलाई अघि सारेको हो ।

आज भएको उम्मेदवार घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले सम्बोधन गरे । सभामा मेयरका उम्मेदवार महर्जनले जितेपछि मात्र खादा र माला लगाउने भन्दै कार्यक्रममै खादा माला लगाउन अस्वीकार गरेका थिए । उनले भने, ‘चुनाव जितेपछि मात्र जनताको माला पहिरिन्छु ।’

कीर्तिपुर उपनिर्वाचनमा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई मेयर पदको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसले भने अझै उम्मेदवार चयन गरेको छैन ।

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको २०८१ साउनमा क्यान्सरका कारण निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी, वडा नं. १ का वडाध्यक्ष हीरालाल महर्जनको क्यान्सरका कारण २०८० फागुनमा र वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मोटरसाइकल दुर्घटनामा निधन भएपछि यी पदहरू पनि रिक्त छन् ।

देशभरि विभिन्न घटनाका कारण रिक्त रहेका ४० स्थानका जनप्रतिनिधि पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।a

प्रचलन खबर

धेरै टिप्पणी गरिएका