जोडिनुहोस
  • होमपेज
  • ह्वाइटहाउसमा बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत

ह्वाइटहाउसमा बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराती ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।

यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए । जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेका थिए । बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट गरेका थिए । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरे ।

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गरेका छन् । अहिले उनले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका