जोडिनुहोस
  • होमपेज
  • ट्रम्प सरकारको विदेशमन्त्रीमा मार्को रुबियो

अन्तर्राष्ट्रिय

ट्रम्प सरकारको विदेशमन्त्रीमा मार्को रुबियो

  • Sagarmatha TV
  • बिहिबार, कार्तिक २९, २०८१
ट्रम्प सरकारको विदेशमन्त्रीमा मार्को रुबियो

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधबार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेशमन्त्री हुने घोषणा गरेका छन् ।

फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गरिएको घोषणा गर्न पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको ट्रम्पले बताए । ट्रम्पको घोषणासँगै रुबियोले विदेश सचिवको हैसियतमा विदेश नीति एजेण्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतितवद्धता जनाए ।

राष्ट्रपति प्रशासनका अन्य मन्त्रिपरिषद् सदस्यहरूको लागि जस्तै राज्य सचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्नेछ । रुबियोले २०१६ को चुनावमा असफल राष्ट्रपति अभियान चलाएका थिए । जसमा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकाल जितेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका