काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनलगायत कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अब भोलि बस्ने भएको छ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठकलगायत विषयमा छलफल हुने बताइएको छ।