जोडिनुहोस
  • होमपेज
  • हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई जेल सजाय

हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई जेल सजाय

काठमाडौं। हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय भएको छ । हङकङको एक अदालतले चिनियाँ क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा मुद्दामा उनीहरूलाई आज सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

अभियोजकहरूले यो समूहले सरकारलाई पल्टाउने योजना बनाएको आरोप लगाएका थिए । झन्झटिलो कानूनी व्यवस्था र कोभिड–१९ को प्रभावका काम अघि नबढ्दाका कारण यसअघि पक्राउ परेकाहरूलाई सन् २०२१ देखि हिरासतमा राखिएको थियो ।

सन् २०१९ मा हङकङको सरकार विरोधी प्रदर्शनमा प्रमुख भूमिका खेल्ने कानूनी विद्वान् बेन्नी ताईलाई सबैभन्दा लामो १० वर्षको सजाय सुनाइएको छ । ताई र अन्य ४४ जना यसअघि विधायिकाका लागि लोकतन्त्र समर्थक उम्मेदवारहरू छनोट गर्न आधिकारिक प्राथमिक चुनाव आयोजना गर्ने सम्बन्धमा दोषी ठहर भएका थिए ।

४७ प्रतिवादीमध्ये ३१ जनाले आफ्नो दोष स्वीकार गरिसकेका खबरमा उल्लेख छ । केहीले सफाइ पाएका छन् भने केहीलाई आरोप प्रमाणित भएपछि जेल सजाय सुनाइएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?