काठमाडौं। संयुक्त इजिप्टियन–जर्मन पुरातात्विक मिसनले दक्षिणी इजिप्टको सोहाग प्रान्तमा ३३२ ईसा पूर्वदेखि ३० ईसापूर्वसम्म फैलिएको टोलेमाइक कालको मन्दिर फेला पारेको छ ।
इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।
५१ मिटर चौडा मन्दिरको प्रवेशद्वारद्वारा छुट्याइएको दुई टावरहरूमा विभाजित गरिएको छ । टावरहरूको झुकाव कोणले मन्दिरको मुल उचाइ १८ मिटर हुनसक्ने अनुमान छ ।
मन्दिरको मुख्य गेटको सरसफाई कार्यको क्रममा बाहिरी मुख र भित्री पर्खालहरू सजाउने केही चित्रलिपि पाठहरू फेला परेका थिए । प्रवेशद्वार र केही पर्खालहरूमा भेटिएका कार्टुचहरूको प्रारम्भिक अध्ययनले मन्दिरको संस्थापक राजा टोलेमी आठौंको शासनकालमा मन्दिर स्थापना भएको संकेत गरेको छ ।