जोडिनुहोस
  • होमपेज
  • भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं। पाँच दिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी स्वदेश फिर्ता भएका छन् । भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गरे ।

नेपाल भ्रमणका क्रममा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् १९५० देखि दुवै देशले एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय स्थल सेनाध्यक्षले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

उनले शिवपुरीमा रहेको सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरामा रहेको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालहरूको अवलोकन गरेका थिए ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा गएको बुधवार काठमाडौं आएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14