यस वर्षको कृषि सिजनमा रुसको अन्न निर्यात ठूलो मात्रामा घट्ने भएको छ । अघिल्लो सिजनको तुलनामा यो सिजनको निर्यातमा ७ करोड २० लाख टनले कमी आउने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो वर्ष रुसले ५ करोड ५० लाख टन अन्न निर्यात गर्ने लक्ष्य लिएको छ । रुसी समाचार एसेन्सी तासका अनुसार रुसमा यो सिजन अर्थात् गएको जुन महिनादेखि आउँदो जुन महिनासम्म १३ करोड ३० लाख टन अन्न उत्पादन भएको छ । जसमा ८ करोड ३० लाख टन गहुँ रहेको छ ।
उपप्रधानमन्त्री दिमित्री पत्रुशेभले रुसको अन्न उत्पादनले आन्तरिक बजारको मागलाई पूर्ण रूपमा धान्ने बताउनुभएको छ । उहाँले कच्चा पदार्थ तथा प्रशोधित उत्पादन दुवैको उच्च निर्यात क्षमतालाई कायम राख्न पनि रुस सक्षम हुने दाबी गर्नुभएको छ ।
रुसी किसानले यस वर्ष कठिन मौसमको सामना गर्नुपरेको छ । बाक्लो हिउँ, चर्को गर्मी र भारी वर्षाका कारण उत्पादनमा कमी आएको खबरमा उल्लेख छ ।