काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उक्त विवादमा अन्य विवरण मगाउने आदेश दिएको हो।
न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए।
निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ।
निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ।