जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार, योसँगै झडपमा कुल मृत्युको संख्या १२४ पुगेको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो, यद्यपि अफगानिस्तानको सीमानजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसंख्या छ । दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।

गएको बिहीबार नयाँ लडाइँ सुरु भयो, जब प्रहरी स्कर्टअन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुँदा ४० जना भन्दा बढी मानिसको मृत्यु भयो । कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाएका छन् । मृतकमा दुई सुन्नी र ११ जना शिया समुदायका रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समयमा दुई समुदायबीच विश्वासको गम्भीर अभाव तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरहेको उनले नाम नछाप्ने सर्तमा बताएका छन् । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका