जोडिनुहोस
  • होमपेज
  • चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु–पुडुचेरीको तटमा बज्रने

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु–पुडुचेरीको तटमा बज्रने

बङ्गालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु र पुडुचेरीको तटमा बज्रने सम्भावना रहेको भारतीय मौसम विज्ञान विभागले जानएको छ । तमिलनाडुको महाबलीपुरममा हिजो समुद्रमा उच्च छालहरू देखिएकामा अहिले धेरै तटीय क्षेत्रहरूमा वर्षा भइरहेको बीबीसीले जनाएको छ ।

राज्य सरकारले विद्यालय तथा कलेजहरुमा बिदा दिएको छ । यस्तै माछा मार्नेहरुलाई समुद्रमा नजान चेतावनी दिएको छ । आँधी तटमा बज्रने बेलामा हावाको गति ८० देखि ९० किलोमिटर प्रतिघण्टासम्म रहने भारतीय मौसम विज्ञान विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । धेरै ठाउँमा अति ठूलो सम्भावना रहेको छ । तमिलनाडु र पुडुचेरीमा प्रशासनले उच्च सतर्कता घोषणा गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका