जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुरमा क्रिकेट उत्सव ; रुखमा चढेर खेल हेर्दै दर्शक

कीर्तिपुरमा क्रिकेट उत्सव ; रुखमा चढेर खेल हेर्दै दर्शक

पहिलो पटक शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको घुईंचो लागेको छ । बिहान खेल शुरु नहुँदै दर्शकको घुईंचो लाग्न थालेको थियो । सीमित सिट भएकाले सबै दर्शकले टिकट लिएर खेल हेर्न पाएनन् । त्यसैले कोही मैदान बाहिरै उभिएर र कोही भने मैदान वरपर रहेका रुखमा चढेर समेत खेल हेर्दैछन् । त्रिवि मैदान र वरपरको क्षेत्र क्रिकेटको कारण उत्सवजस्तै देखिएको छ । एनपीएललाई देश, विदेशमा रहेका क्रिकेटप्रेमीले निकै चासोपूर्वक लिएका छन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सले खेलिरहेका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका