जोडिनुहोस
  • होमपेज
  • हुम्लाको सर्केगाड उपाध्यक्षमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी

हुम्लाको सर्केगाड उपाध्यक्षमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी भएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भइन्।

सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी भइन्।

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे । खसेको मतमध्ये ७८ मत बदर भएका छन् ।

२०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी भएका थिए ।

उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk