जोडिनुहोस
  • होमपेज
  • अविश्वासको प्रस्तावपछि फ्रान्समा ३ महिनामै सरकार ढल्यो, प्रधानमन्त्रीले आज राजीनामा दिनसक्ने

अविश्वासको प्रस्तावपछि फ्रान्समा ३ महिनामै सरकार ढल्यो, प्रधानमन्त्रीले आज राजीनामा दिनसक्ने

काठमाडौं। बुधवार, फ्रान्सेली प्रधानमन्त्री मिशेल बर्नियरको सरकार संसदमा अविश्वासको प्रस्ताव मार्फत ढलेको छ । संसदमा उनको विरुद्धको प्रस्तावको पक्षमा भारी बहुमतले मतदान भएको थियो ।

सन् १९६२ पछि फ्रान्सेली सरकार अविश्वासको प्रस्तावका कारण पतन भएको यो पहिलो पटक हो । सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

प्रधानमन्त्री बर्नीले आफ्नो बजेट विना मतदान पारित गराउन विशेष शक्ति प्रयोग गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

तीन महिनाअघि प्रधानमन्त्री बनेका मिशेल बर्नियरले आज राजीनामा दिन सक्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका