काठमाडौं। भारतीय स्टार व्याटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेल नखेल्ने भएका छन् ।
एनपिएलमा कर्णाली याक्समा आबद्ध धवनले सम्झौता अनुसार बाँकी खेल नखेल्ने भएका हुन् ।
उनले कम्तीमा चार खेल खेल्ने गरी सम्झौता गरेका थिए । सोही अनुसार चौथो खेल उनले शनिवार विराटनगर किंग्ससँग खेले । यससँगै उनले बाँकी खेल नखेल्ने भएका हुन् ।
एनपिएलमा धवनले कुल १३६ रन बनाए । उनले विराटनगरविरुद्ध ५, काठमाडौं गुर्खाजविरूद्ध नट आउट ७४, दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन बनाएका थिए ।
धवनले अर्को वर्ष पनि एनपिएल खेल्ने इच्छा व्यक्त गरेका छन् । धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताएका छन् ।
उनले एनपिएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए ।