जोडिनुहोस
  • होमपेज
  • सिरियाली राष्ट्रपति भागेको विमान दुर्घटना भएको आशंका

सिरियाली राष्ट्रपति भागेको विमान दुर्घटना भएको आशंका

काठमाडौं। सिरियाली राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको भनिएको सिरियन एयरलाइन्सको विमान अचानक राडारबाट हराएको छ । यससँगै उक्त विमान दुर्घटना भएको दावी गर्न थालिएको छ । यद्यपि विमान के भएको हो भन्ने स्पष्ट छैन ।

सिरियल एयरले संचालन गरिरहेको इल्युसिन २–७६ विमानमा राष्ट्रपति बसर अल असद भागेको बताइएको छ । विमानसम्बन्धी रिपोर्टिङ गर्ने वेबसाइट फ्लाइटग्लोबलले यो विमान राडारबाट हराएको पुष्टि गरेको छ । यो विमान आइतबार बिहान स्थानीय समयअनुसार ५ बजेतिर दमास्कस विमानस्थलबाट उडेको बताइएको छ ।

विमान ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइटराडार२४ का अनुसार यो विमान सिरियल एयरलाइन्सले फ्लाइट नम्बर ९२१८ को रुपमा संचालन गरिरहेको थियो । ट्रयाकिङका क्रममा प्राप्त डेटाअनुसार यो विमान उडेपछि देशको पूर्वतिर सिरिया–८राक सीमातर्फ गएको थियो ।

लगत्तै यो विमान उत्तरपूर्वतर्फ सिरियाको भूमध्यसागरीय तटतिर गएको थियो । सिरियाको उत्तरपूर्वी भूमध्यसागरीय तट क्षेत्रमा रहेको टार्टस बन्दरगाहमा रुसको नौसेनाको रणनीतिक शिविर छ । रुसले करिब १ दशक अघिदेखि विद्रोही समूहविरुद्ध सिरियाको बसर अल असद सरकारलाई सहयोग गर्दै आएको थियो ।

उडान नम्बर ९२१५ उड्ने बेलामा यसको कुनै गन्तव्य सूचिकृत गरिएको थिएन । प्राप्त डटाले यो विमान उडेपछि विद्रोहीहरुले कब्जा गरेको होम्स सहरको आकाश हुँदै निरन्तर उत्तरपूर्वतर्फ गइरहेको देखाउँछ । सिरियाको तटीय पहाडी क्षेत्र नजिक पुगेपछि अचानक यो विमान आएकै बाछटोतिर फर्किएको थियो ।

उडेको करिब ३७ मिनेटपछि यो विमान अचानक राडारबाट हराएको थियो । राडारबाट हराउने बेला यो विमान पुनः सिरियाको होम्स सहरतर्फ फर्किरहेको थियो । विमानका पाइलटले जानाजान ट्रान्समिसन बन्द गरेका कारण यो विमान राडारबाट हराएको हो वा कुनै कारणले दुर्घटना भएको हो भन्ने प्रस्ट छैन ।

विमान ट्रयाकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार यो विमान अधिकतम २३ हजार ६५० फिटको अधिकतम उचाइसम्म पुगेको थियो । सामान्यतया जेट विमान उड्ने उचाइको तुलनामा यो उचाइ कम हो । जेट विकानहरु औसत ३० हजार फिटको उचाइमा उड्छन् र आवश्यकताअनुसार ३५ हजार फिट उचाइसम्म पुग्छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका