जोडिनुहोस
  • होमपेज
  • क्रियाशील सदस्यताको अवस्था बुझ्न कांग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी

क्रियाशील सदस्यताको अवस्था बुझ्न कांग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी

काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ । सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हो ।

बागमती र गण्डकीका लागि गुरुङ, मधेस र र लुम्बिनीमा रसाइली र कोशी, कर्णाली र सुदूरपश्चिमका लागि चौधरीलाई खटाइएको छ । जिम्मेवारी पाएका नेताले सदस्यता वितरणको समस्या पहिल्याउने छन् ।

नयाँ र नवीकरणको फर्म उपल्लो तहले तल नपाउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने गरी छलफल भएको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए । जिल्ला वा प्रदेश सभापतिले सदस्यताका फर्महरु तल नपठाएर नयाँ र नवीकरणको काम रोकिएको भेटिएको अवस्था केन्द्रले हस्तक्षेप गर्ने रसाइलीले बताए । पार्टीभित्रको गुटका कारणले सदस्यता वितरण र नवीकरण रोकिएको भए केन्द्रले नै सिधै तल पठाउने नीति लिने रसाइलीले जानकारी गराए ।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । कात्तिकमा गठन भएको समितिको यस विचमा दुईपटक बैठक बसेको छ । समितिले क्रियाशील सदस्यताको विवाद र समस्या मुख्य गरी मधेसमा रहेको जनाएको छ ।

कांग्रेसको विधान अनुसार महाधिवेशन हुने वर्ष नयाँ सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ । १४ औं महाधिवेशनमा कांग्रेसका आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्य थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका