काठमाडौं। नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ ।
ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।
खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै गैरकानुनी रूपमा हुन लागेको चुनाव रोक्न र सुरक्षा प्रदान गर्न भन्दै पत्र पठाएको थियो । गृहमा पुगेको उक्त पत्रपछि प्रहरी परिचालन गरिएको हो ।
गृहको निर्देशनपछि जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी टोली परिचालन गरेको छ । अहिलेसम्म अवस्था सामान्य रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
पुस १३ मा गर्न लागिएको ओलिम्पक कमिटीको चुनावका लागि आज मनोनयन दर्ता गर्न भनिएको थियो ।