नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । ७ उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेदवारी परेकोमा दुईजनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा निर्विरोध हुने पक्का भएको हो ।उम्मेदवारी फिर्ता लिनका मंगलबार लागि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा दीपक हर्ष बज्राचार्य र तुलसी थापाले नाम फिर्ता लिएका हुन् । अध्यक्ष पदमा तीन जनाले उम्मेवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका हुन् । एनओसीको आगामी चार वर्षे कार्यकालको लागि आउने शनिबार निर्वाचन हुँदैछ । यसपटक पदाधिकारीको संख्या बढाएर सदस्यको संख्या घटाइएको छ । उपाध्यक्षको संख्या ५ बाट बढाएर ७ बनाउँदा सदस्य संख्या ७ बाट ५ मा घटाइएको छ ।