जोडिनुहोस
  • होमपेज
  • २०२५ लागेसँगै सुरु भयो जेनेरेसन बीटा, यस्तो छ पुस्ताको नामाकरण

२०२५ लागेसँगै सुरु भयो जेनेरेसन बीटा, यस्तो छ पुस्ताको नामाकरण

काठमाडौं। अङग्रेजी वर्षको पात्रो फेरिएसँगै आजबाट पृथ्वीमा जन्म लिने नयाँ पुस्ताको नामाकरण पनि फेरिएको छ । सन् २०१० देखि २०२४ को डिसेम्बर ३१ सम्म जन्मेकालाई जेनेरस अल्फा भनिँदै आएकोमा अब उपरान्त जन्मिनेहरू जेनेरेसन बीटा भनिनेछन् । यो पुस्तामध्ये कतिपयले २२ औं शताब्दीको अनुभव गर्न पाउनेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्स, नवीकरणीय ऊर्जा र सम्भवतः मंगल ग्रहमा बसोबास गर्ने युगको व्यापक चर्चामाझ जेन बीटाले आफ्नो जीवन बिताउनेछन् । उनीहरूको बाल्यकाल स्मार्ट डिभाइस र एआईसँग जोडिनेछ । सन् २०२५ देखि २०३९ सम्म जन्मिनेहरूको यो पुस्ता युवा मिलेनियल्स र पाको जेन जीका सन्तान हुनेछन् ।

हिजोसम्म जेन अल्फा सबैभन्दा कान्छो पुस्ताका रूपमा थिए । यो पुस्ता पूरै २१ औँ शताब्दीमा जन्मिएकाो पहिलो पुस्ता थियो । उनीहरू प्रविधिको प्रयोगमा निकै दख्खल राख्छन् । स्मार्टफोन र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनको हिस्साका रूपमा रहेको छ । त्यसअघि सन् १९९० को दशकको मध्यदेखि २०१० सम्म जन्मिएकालाई जेनेरेस जी भन्ने गरिएको छ । यो पुस्ता पनि डिजिटल प्रविधिमा माहिर छ । उनीहरू इन्टरनेट, सामाजिक सञ्जाल र मोबाइल प्रविधिसँगै हुर्किएका हुन् ।

सन् १९८० को दशकको सुरुदेखि १९९० को दशकको मध्यसम्म जन्मेका मिलेनियल्स वा ‘जेन वाई’ का रूपमा लिइन्छ । यो पुस्ता एनालग प्रविधिबाट डिजिटल युगमा सरेको पहिलो पुस्ता हो । सामाजिक सञ्जाल र स्मार्टफोनलाई सहज रूपमा आत्मसात गर्ने पुस्ता पनि मिलेनियल्स हुन् ।

त्यस्तै, सन् १९६० को दशकको मध्यदेखि १९८० को दशकको शुरुसम्म जन्मेकालाई ‘जेन एक्स’ भनिन्छ। उनीहरू पर्सनल कम्प्युटर र इन्टरनेटका सुरुवाती प्रयोगकर्ता हुन् । सन् १९४० को दशकदेखि १९६० को दशकको मध्यसम्म जन्मिएका ‘बेबी बुमर्स’ पुस्ताले सामाजिक परिवर्तन र आर्थिक वृद्धिको समय देखे ।

सन् १९२० को दशकदेखि १९४० को दशकम्म जन्मिएको ‘साइलन्ट जनरेशन’ ले आर्थिक मन्दी र दोस्रो विश्वयुद्धको कठिन समय सामना ग¥यो । सन् १८०० को अन्त्यदेखि १९०० को सुरुदेखि जन्मिएका ‘लस्ट जनरेशन’ ले पहिलो विश्वयुद्धको प्रभाव अनुभव गरे ।

अब जनरेशन बीटाले तीब्र गतिमा विकसित भइरहेको प्रविधि र वातावरणीय चुनौतीहरूको युगमा आफ्नो पहिचान बनाउनेछ । यसले नयाँ सोच र नवप्रवर्तनमार्फत विश्वलाई अगाडि बढाउने आशा गर्न सकिन्छ । सन् २०३९ पछि जन्मिने पुस्तालाई के भन्ने भनेर अहिले तय भइसकेको छैन । त्यो बेलाको सामाजिक प्रवृत्ती, सांस्कृतिक रुपान्तरण र युग जताउने विशेषता हेरेर पुस्ताको नामकरण गर्ने गरिएको छ ।

पुस्ताको नामाकरण
सन् २०१०–२०२४ः जेन अल्फा
१९९०–२०१०ः जेन जी
१९८०–१९९०ः मिलेनियल्स वा जेन वाई
१९६०–१९८०ः जेन एक्स
१९४०–१९६०ः बेबी बुमर्स
१९२०–१९४०ः साइलन्ट जेनेरेसन
१८००–१९००ः लस्ट जेनेरसन

प्रचलन खबर

धेरै टिप्पणी गरिएका