आर्थिक
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ५.१० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने निकै घट्यो
0 टिप्पणी
![अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ५.१० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने निकै घट्यो](https://sagarmatha.tv/wp-content/uploads/2024/12/Share_nepse_market_aXzVpjR70b-2-1024x538.jpg)
काठमाडौं। अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.१० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने निकै घटेको छ । हिजो पाँच अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।