जोडिनुहोस
  • होमपेज
  • सबै नेता भ्रष्टाचारी भन्ने भ्रम र हल्ला छ, शक्तिशाली आयोग बनाएर छानबिन गरौँः गगन थापा

सबै नेता भ्रष्टाचारी भन्ने भ्रम र हल्ला छ, शक्तिशाली आयोग बनाएर छानबिन गरौँः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग नै बनाएर सबै नेताहरूको सम्पत्ति छानबिन गर्न शीर्ष नेताहरूलाई सुझाव दिएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै महामन्त्री थापाले आफू सरकारमा हुँदा फाइल नखोल्ने तर सरकारबाट बाहिरिएपछि ‘फलानो नेता भ्रष्टाचारी हो’ भन्दै हिँड्ने प्रवृत्ति बढेको भन्दै आयोग बनाएर सबै काण्डको छानबिन गर्न सुझाव दिएका हुन्। यसका लागि सबै दलका शीर्ष नेताहरूबीच छलफल हुनुपर्ने र कुन कुन फाइल खोल्ने भन्ने निधो हुन आवश्यक रहेको उनको भनाइ छ ।

यसरी छानबिन नगरेसम्म आममानिसमा सबै नेताहरू भ्रष्टाचारी हुन् भन्ने भ्रम र बुझाइ रहिरहने भएकाले यसको समाधान गर्नुपर्ने गगन थापाको भनाइ छ । ‘बनाउने भए शक्तिशाली आयोग बनाऔँ । सबैको सम्पत्ति छानबिन गरौँ । यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर भाषणबाजी नगरौँ’, उनले भने ।

अहिले कसैलाई खुइल्याउनुपर्याे भने ‘फलानो नेता त भ्रष्टाचारी हो’ भनिदिए पुग्ने अवस्था रहेको भन्दै गगन थापाले विधेयक बनाएर शक्तिशाली आयोग बनाउनुपर्ने बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help