जोडिनुहोस
  • होमपेज
  • धनुषा निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

धनुषा निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

काठमाडौं – सार्वजनिक खरिद ऐन नियम विपरीत भएको भन्दै धनुषा निर्माण व्यवसायी सङ्घले मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेशमा सार्वजनिक निर्माण कार्य गर्दा कार्यालयहरूले विकास निर्माणको बजेटलाई होल्ड गरेको व्यवसायीहरूको आरोप छ ।

साथै, बोलपत्रको प्रक्रियाबाट नगरी उपभोक्ता समितिबाट कार्य भइरहेको महासङ्घको गुनासो छ । महासङ्घले सार्वजनिक खरिद ऐनको दफा ४४ मा गरिएको व्यवस्था विपरीत भएको ठहर गरेको छ । त्यस्तै, उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा स्थानीय निर्माण व्यवसायी कामबाट वञ्चित हुने, आर्थिक अनियमितता, मितव्ययी र गुणस्तरीय नहुने भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

धेरै टिप्पणी गरिएका