काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्ने भएका छन् ।
उनले हालै जारी भएका सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशका विषयवस्तुको सार्वजनिकीकरण गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेलुका ४ बजे अध्यादेश सार्वजनिक हुन्छ । सचिवालयले भन्यो, ‘सबैको जानकारी होस भनेर सार्वजनिक गर्न लागिएको हो ।’
सरकारले ५ वटा अध्यादेश ल्याउने भनिएको भएपनि भूमिसम्बन्धी अध्यादेश रोकेर ४ वटा अध्यादेश ल्याउन लागेको छ । ४ वटा अध्यादेशका २६ वटा बुँदालाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् ।