जोडिनुहोस
  • होमपेज
  • सुक्खा बन्दरगाह भन्सारः राजस्व सङ्कलन घट्यो

सुक्खा बन्दरगाह भन्सारः राजस्व सङ्कलन घट्यो

पर्सा। पर्साको वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ ।

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गर्यो । त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका