जोडिनुहोस
  • होमपेज
  • हुम्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर

हुम्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर

हुम्ला। जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो ।

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए। नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँ पर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए।

यस वर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यस वर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14