जोडिनुहोस
  • होमपेज
  • सुप्रिम सहकारी ठगी प्रकरणः बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरणः बुटवलमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने धरौटीमा रिहा भइसकेका छन् ।

उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर भएपछि अब जिल्ला अदालत रुपन्देहीमा पनि सुनुवाइ हुनेछ । रुपन्देही अदालतले पनि धरौटी, थुना र साधारण तारेख मध्ये एक आदेश दिने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका