जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला विश्वकपः टस जितेर ब्याटिङ गर्दै अस्ट्रेलिया

यू–१९ महिला विश्वकपः टस जितेर ब्याटिङ गर्दै अस्ट्रेलिया

काठमाडौं। आईसीसी यू–१९ महिला टी ट्वेन्टी विश्वकपमा आज नेपाल र अस्ट्रेलिया भिड्दै छन् । मलेसियास्थित क्रिकेट ओभल बांगीमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपाली टोली फिल्डिङ गर्न मैदानमा उत्रँदै छ । खेल नेपाली समय अनुसार सवा १२ बजेबाट सुरू हुनेछ ।

नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो । त्यसैले नेपाललाई आज यो खेल जित्नैपर्ने दबाब छ ।

नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ । सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ ।

नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका