जोडिनुहोस
  • होमपेज
  • वर्तमान सरकार परिवर्तन हुने कुरा निराधारः शेखर कोइराला

वर्तमान सरकार परिवर्तन हुने कुरा निराधारः शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् ।

उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे । उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए ।

संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।

उनले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायीमाथि भएको घटना अराजक तर्क गरे ।

नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए ।

कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका