जोडिनुहोस

५२.३६ अंकुले बढ्यो नेप्से

काठमाडौं। सेयर बजारमा हरियाली छाएको छ। बुधबार नेप्से सूचक ५२.३६ अंकुले बढेर २६६५.४५ विन्दमा पुगेसँगै लगानीकर्तामा उत्साह आएको छ।

त्यस्तै, आज ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा सबै समूहका सूचक बढेका देखिन्छन्। अन्य समूहको सेयर सबैभन्दा धेरै बढेको छ।

यसदिन ३ सय २२ कम्पनीको १ करोड ७६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ६१ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ।

नेप्से सूचक फराकिलो अंकले बढ्दा लगानीकर्ता पनि आशावादी देखिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help