जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको पाल्पा र बुटवल जाने कार्यक्रम स्थगित

प्रधानमन्त्रीको पाल्पा र बुटवल जाने कार्यक्रम स्थगित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पश्चिम नेपाल जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री आज पाल्पा र रुपन्देहीमा जाने तय भएको थियो तर पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नु परेको हो ।

सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् ।

डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ । ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका