काठमाडौं। आइसिसी यु १९ महिला विश्व कपमा नेपालले मलेसियालाई पराजित गरेको छ । विश्व कपमा नेपालको यो शान्तवना जित हो ।
जितका लागि ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २३ रन बनाइन् ।
ज्योत्सिका मरासिनीले ७ रन बनाइन् । सावित्री धामीले ३ रन बनाइन् भने साना प्रवीणले १ रनको योगदान दिइन् ।
सिमाना केसी ४ रनमा नटआउट रहिन् । मलेसियाका लागि मास्र्याले ३ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अल आउट हुँदै ४५ रन मात्रै जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोडिन् ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । हुस्ना र नुर दानिया सुहादाले समान ५–५ रन बनाइन् ।
नुनी र नूर इज्जातुल स्याफिकाले समान ४–४ रनको योगदान दिइन् । ऐन र ब्याट्रिसियाले समान १–१ रन बनाइन् । मलेसियाका ४ ब्याटरले खाता समेत खोल्न सकेनन् ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४ विकेट लिइन् । रचना चौधरीले ३ विकेट लिइन् । रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट हात पारिन् ।