जोडिनुहोस
  • होमपेज
  • चीनसँगको व्यापार सम्झौता सम्भव छः डोनल्ड ट्रम्प

चीनसँगको व्यापार सम्झौता सम्भव छः डोनल्ड ट्रम्प

काठमाडौं। नवनियुक्त अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनसँग व्यापारिक सम्झौता सम्भव रहेको बताएका छन् । ह्वाइट हाउसमा पुनरागमन गरेयता चीनबाट आयात हुने सामग्रीमा १० प्रतिशत आयात कर लगाउने धम्की दिँदै आएका ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा आफ्नो टोन परिवर्तन गरेका हुन्।

अन्तर्वातामा ट्रम्पले “आयात कर“ चीनमाथि प्रयोग गर्न सकिने एउटा ठुलो शक्तिका रुपमा रहेको र यसलाई प्रयोग गर्नुपर्ने अवस्था नआए हुन्थ्यो भन्दै त्यसलाई आफ्ना कुरा मनाउने रणनीतिक रुपमा प्रयोग गर्ने संकेत दिएका छन् ।

फक्स न्युजका सिन ह्यानिटीलाई ह्वाइट हाउसको ओभल अफिसमा दिएको आफ्नो पहिलो अन्तर्वातामा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई “स्मार्ट गाइ“ भन्दै उनीसँग पुनः सम्पर्क स्थापना गर्न इच्छुक रहेको बताएका छन् । यो चाहना दुईतर्फी नै हुन सक्ने अनुमान गरिएको बीबीसीले टिप्पणी गरेको छ ।

देश छाडेका एक जना उत्तर कोरियाली पूर्व कुटनीतिज्ञ “रि इल क्यू“ले बीबीसीसँग गत वर्ष भएको कुराकानीमा ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन प्योङयाङकालागि हजार वर्षमा एकचोटि आउने अवसर हुने बताएका थिए । ट्रम्पले किमलाई आफ्नो पहिलो कार्यकालमा तीन पटक भेट गरेका थिए। ट्रम्प र किमबिच २०१९ मा अन्तिम पटक उत्तर र दक्षिण कोरियाबीचको असैनिकृत क्षेत्रमा भेट भएको थियो । उत्तर कोरियामा पाइला राख्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए ।

रुस र युक्रेनबिचको युद्ध तत्काल अन्त्य हुनुपर्ने भन्दै ट्रम्पले रुसी राष्ट्रपति पुटिनले युद्ध नरोके मस्कोविरुद्ध भारी प्रतिबन्ध लगाउने चेतावनी दोहोर्याएका थिए । यसअघि बिहीवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले तथाकथित मूर्खतापूर्ण युद्ध अन्त्यका लागि पुटिनसँग सक्दो चाँडो भेट गर्न आफू तयार रहेको बताएका थिए ।

बिहीवार नै स्विटरजरल्यान्डको डाभोसमा आयोजित वल्र्ड इकोनोमिक फोरमको बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै ट्रम्पले कम्पनीहरुलाई आफ्ना वस्तुहरु अमेरिका भित्रै उत्पादन गर्न वा आयात कर तिर्न चेतावनी दिएका थिए । क्यानडामाथि २५ प्रतिशत आयात कर लगाउने धम्की दिँदै आउनु भएका ट्रम्पले अमेरिकाको एउटा राज्य बनेको अवस्थामा क्यानडा आयात करबाट जोगिने टिप्पणी गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help