काठमाडौं। नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।