काठमाडौं। मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यबद्धता जनाएका हुन् ।
संस्कृति पहिचान र भूमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए ।
आफ्नो भूमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए ।
तीनै जना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उनले बताए । मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समूहमाथि सरकारले ज्यादती गरेको बताए ।
मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भत्र्सना गर्ने निर्णय गरेको उनको भनाइ छ ।