जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी

गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी

महोत्तरी। जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि नगरपालिकाले संरक्षणका लागि संस्थागत पहलकदमी थालेको हो ।

नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिलाई गिद्ध संरक्षणको जिम्मेवारी दिएको छ । पछिल्लो पटक समितिले लोपोन्मुख पक्षी गिद्ध र दुर्लभ चराचुरुङ्गी तथा वातावरण संरक्षण उपसमिति बनाएर संरक्षणको काम अघि बढाएको नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले बताए ।

उपसमितिले तत्काल गिद्ध संरक्षणको पहलकदमी बढाउनुका साथै संरक्षण गर्नुपर्ने अन्य चराचुरुङ्गी र वातावरण संरक्षणका गतिविधिको रुपरेखा तयार गरिरहेको उनले जानकारी दिए ।

‘यसअघि पर्यटन व्यवसायी हीरालाल गौतमको संयोजकत्वमा संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बनाइसकेका छौँ, त्यो समितिले काम थालिसकेको छ’, क्षत्रीले भने, ‘यहाँ भेटिएका गिद्धसहित अन्य दुर्लभ पक्षीको संरक्षणमा समितिले उपसमितिमार्फत योजनाबद्ध काम अघि बढाउने तालिका बनाएको छ ।’

गत वर्ष बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० सामाजिक सङ्घ संस्थाले यहाँका पर्यटकीय गन्तव्यको पहिचान गरी पदयात्रा सुरु गरेको थियो । पदयात्राका क्रममा यात्रीले समूहमा गिद्ध देखेपछि यसबारे संरक्षण गर्नुपर्ने सुझाव दिएपछि नगरले पहल थालेको प्रमुख क्षत्रीले बताए ।

पदयात्रामा सहभागी विशाल बस्नेत गिद्ध, चराचुरुङ्गी तथा वातावरण उपसमितिको संयोजक तोकिनु भएपछि यो कामले गति लिने विश्वास लिइएको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक गौतमले बताए ।

‘हामीले धार्मिक, सांस्कृतिक, सामाजिक र वातावरणका क्षेत्रमा गरिनुपर्ने कामको सूची बनाएर अघि बढेका छौँ, हाम्रा कामले यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास छ’, उनले भने ।

बर्दिबास–३ का पुरातात्त्विक महत्वकास्थल राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, परेवापाखा र सोलीघोप्टेडाँडाको सेरोफेरो राइमण्डलडाँडाको थुम्कोमा पछिल्लो पटक भेटिएका गिद्ध संरक्षणको काम पहिलो प्राथमिकतामा अघि बढाइएको समितिले जनाएको छ । गिद्ध भेटिएको थुम्कोलाई अब गिद्धबास भनिन थालिएको छ ।

चुरेले जिल्लाको सबै भेग समेटेको बर्दिबासमा पर्यटन प्रवद्र्धनका कामले गति लिने सर्वसाधारणले विश्वास लिएका छन् । गिद्धबास पनि यहाँको पर्यटकीय गन्तव्य हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यसलाई संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले आफ्नो कार्यक्षेत्रमा पारी योजनाबद्ध पहलकदमी बढाएको नगरप्रमुख क्षत्रीले स्पष्ट पारे ।

गिद्धबासमा एक हजारभन्दा बढी गिद्ध रहेकाले यसको संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उपसमितिका संयोजक बस्नेतले बताए ।

मुलुकको नवलपरासी जिल्लास्थित कावासोतीको पिठौली वनक्षेत्रमा ‘जटायु रेष्टुरेन्ट’ बनाएर गिद्ध संरक्षणको पहलकदमी थालिए यहाँ पनि रचनात्मक काम थालिने योजना बनाइएको उनले जानकारी दिए ।

जिल्लामा तीन दशक अघिसम्म ठूलाठूला मिलका रुखमा बस्ने गिद्ध ती रुख मासिँदै गएपछि देखिन छाडेका स्थानीय ७० वर्षीय बिसुनदेव महतोले बताए ।

बस्तीका चउरमा विषाक्त घाँस खाएर मरेका पशुवस्तुको सिनो खानाले पनि गिद्ध मासिएका उनको बुझाइ छ । ‘मधेसमा केही दशक पहिले पशुको छाला ठेक्का लिने ठेकदारले चउरमा विष छर्केर काम गर्दथे । त्यही सिनो खाएर गिद्ध पनि मर्न थालेपछि लोप हुँदै गएका हुन्’, उनले भने ।

जताततै मासिँदै गएका बेला लोपोन्मुख पक्षी गिद्ध आफ्नो ठाउँमा देखिनुलाई अवसरका रूपमा लिएर संरक्षणमा सबै जुट्नुपर्ने स्थानीय टेकबहादुर बस्नेतले प्रतिक्रिया दिए ।

पछिल्लो समय गिद्ध संरक्षण व्यवस्थित बन्दै गए पनि यससम्बन्धी अध्ययन, अनुसन्धान गर्नेहरू कम रहेका बर्दिबास–३ गौरीडाँडास्थित जनता माविका पूर्वप्रधानाध्यापक दीपकराज बरालले बताए ।

लोपोन्मुख पक्षीसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेहरूलाई तीनै तहका सरकारले प्रोत्साहनमूलक योजना ल्याएर प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका