काठमाडौं। बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उनीहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् ।
तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने छन् । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।