![सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल](https://sagarmatha.tv/wp-content/uploads/2025/02/476249000_1060068246149555_1826854596329985352_n-1024x683.jpg)
काठमाडौं। महिला त्रिकोणात्मक टि–२० सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।
कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् ।
नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् ।
यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको यस खेल राष्ट्रिय महिला टोलीबाट डेब्यु खेल समेत रहेको छ ।
सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ । थाइल्याण्ड नेपाललाई हराउँदै उपाधी रक्षा गर्ने योजनामा छ ।
नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा पराजित गरेमा नेदरल्याण्ड्सको उपाधी सम्भावना कायमै रहनेछ ।
थाइल्याण्ड नेपालसँग कम अन्तरले पराजित भएमा पनि च्याम्पियन बन्ने छ ।