![६०४ किलो गाँजा बोकेको ट्रकसहित चालक प्रहरी नियन्त्रणमा](https://sagarmatha.tv/wp-content/uploads/2025/02/pakrau-1024x581.jpg)
काठमाडौं। महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ।
बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका–६ मजरास्थित बर्दिवास–जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो।
प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।
ट्रकका चालक उदयपुर कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए।