![नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै](https://sagarmatha.tv/wp-content/uploads/2025/02/Nesapa-mahadhibesan-1024x582.jpeg)
काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन जारी रहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको बैठक आज नयाँ नेतृत्व घोषणा गर्दै समापन गरिने बताइएको छ ।
महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
‘नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ ।
भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो ।
भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।
महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने पार्टीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी भएको नेसपाले जनाएको छ ।