जोडिनुहोस
  • होमपेज
  • ६.५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बराबरको कारोबार

६.५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बराबरको कारोबार

काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से २६८३.८६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेमा आज भएको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लगानी, म्यानुफ्याक्चरिङ र म्यूचुल फन्ड बाहेकका उपसमूहका सूचक नकारात्मक रहे ।

आज नेप्से परिसूचक बढ्दा सिक्लेस हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै आम्दानी गरे भने भूगोल इनर्जी डेभलपमेन्टका कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका