जोडिनुहोस
  • होमपेज
  • कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई जना निर्देशक थपिएका छन् ।

कास्कीका डा. कृष्णप्रसाद पौडेल र चितवनका डा. सञ्जय महतो थारू कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा नियुक्त भएका छन् ।

प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले पौडेललाई प्रशिक्षणतर्फ र थारूलाई अनुसन्धानतर्फ निर्देशकमा नियुक्त गरेका हुन् ।

दुवै जनालाई कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा ३६ (घ) बमोजिम निर्देशक पदमा नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका