![इङल्यान्डविरुद्धको तीन खेलको ओडिआइ सिरिजमा भारतको क्लिन स्विप](https://sagarmatha.tv/wp-content/uploads/2025/02/thumb-92.jpg)
काठमाडौं। भारतले इङल्यान्डविरुद्धको तीन खेलको ओडिआइ सिरिज क्लिन स्विप गरेको छ ।
तेस्रो ओडिआइमा भारतले शुभमन गिलको शतकको मदतमा इङल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
यो सँगै भारतले सिरिज ३–० ले जितेको हो । अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा पाहुना टिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो ।
भारतले ५० ओभरमा अलआउट हुँदै ३ सय ५६ रनको योगफल बनाएको थियो । कप्तान तथा ओपनर रोहित शर्मा मार्क उडको बलमा एक रनमानै आउट भए । गिल र विराट कोहलीले इनिङस अघि बढाए । कोहली ५२ रनमा मैदान बाहिरिए ।
गिलले १ सय १२ रनको योगदान गरे । श्रेयस ऐअरले ७८ र के एल राहुलले ४० रन थपे । आदिल रासिदले चार विकेट लिए । जवाफमा इङल्यान्ड ३४ ओभर २ बलमा २ सय १४ रनमा समेटियो ।
टम बेन्टन र गस एट्किन्सनले ३८–३८ रन बनाएका थिए । हषिर्त राना, अक्सर पटेल र हार्दिक पान्ड्याले २/२ विकेट लिए । भारतले पहिलो र दोस्रो ओडिआइ चार विकेटले जितेको थियो ।
तीन खेलमा एक शतक र २ अर्ध शतक सहित २ सय ५९ रन बनाएका गिल प्लेयर अफ सिरिज बने ।