जोडिनुहोस
  • होमपेज
  • दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश

दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश

काठमाडौं। पाकिस्तान, दक्षिण अफ्रिका माथि ६ विकेटको किर्तिमानी जीत हात पार्दै त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । घरेलु टिमका लागि कप्तान मोहम्मद रिजवान र सलमान आघाले शतक प्रहार गरे ।

कराची स्थित नेशनल पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाएर ३ सय ५२ रनको विशाल योगफल बनाएको थियो । कप्तान टेम्बा बाभुमाले ८२, म्याथ्यु ब्रिट्ज्केले ८३ र हेनरिच क्लासेनले ८७ रन बनाए । काइल भरेन ४४ रनमा अविजीत रहे । साहिन साह अफ्रिदीले दुइ तथा नसिम साह र खुश्दिल साहले एक–एक विकेट लिए । जवाफमा पाकिस्तानले ४९ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

पाकिस्तानले आफ्नो ओडिआइ इतिहासमा चेज गरेको यो अहिलेसम्मको उच्च लक्ष्य हो । यसअघि सन २०२२ मा लाहोरमा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध ३ सय ४९ रन चेज गरेको थियो । पाकिस्तानको सुरुवात राम्रो हुन सकेन् । उसले ९१ रनमा तीन विकेट गुमाइसकेको थियो । बाबर आजम २३ र साउद सकिल १५ रनमा पभेलियन फर्किए ।

फाखर जमान पनि ४१ रनमा आउट भए । तर चौथो विकेटका लागि रिजवान र सलमानले २ सय ६० रनको साझेदारी गरे । यो चौथो विकेटका लागि भएको किर्तिमानी साझेदारी पनि हो । सलमान १ सय २३ रनमा लुंगी एनगिडीको बलमा आउट भएका थिए । १ सय तीन वलको सामना गरेका उनले १६ चौका र दुइ छक्का प्रहार गरे । ओडिआइमा सलमानको यो पहिलो शतक हो ।

रिजवान १ सय २८ बलमा १ सय २२ रनमा अविजीत रहे । आफ्नो ओडिआइ करियरको सातौ शतक बनाएका उनले नौ चौका र तीन छक्का प्रहार गरे । च्याम्पियन्स ट्रफीको तयारीमा रहेको पाकिस्तानले फाइनलमा न्युजील्यान्ड संग प्रतिस्पर्धा गर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका